News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले आईओएस २७ मा वालेट र म्याप्सका नयाँ फिचर ल्याउँदै फोटो खिचेरै रेष्टुरेन्टको बिल स्प्लिट गर्ने सुविधा सार्वजनिक गरेको छ ।
- यस अपडेट अन्तर्गत एप्पल म्याप्सको थ्रीडी भ्यु सुधार गरिएको छ भने फाइन्ड माइ एपमा अस्थायी रूपमा स्थान साझा गर्न सकिनेछ ।
- फिटनेस प्लसले मेनोपजको अवस्थामा रहेका प्रयोगकर्ताका लागि तीन हप्ताको 'स्ट्रोङ थ्रु मेनोपज' नामक विशेष कार्यक्रम शुरू गरेको छ ।
७ असार, काठमाडौं । एप्पलले आईओएस २७ मा ल्यायो वालेट र म्याप्सका नयाँ फिचर, फोटो खिचेरै रेष्टुरेन्टको बिल स्प्लिट गर्न मिल्ने एप्पल कम्पनीले आफ्नो आईओएस २७ मा विभिन्न नयाँ अपडेटहरूको घोषणा गरेको छ। यी नयाँ फिचरहरू दैनिक प्रयोग हुने एप्स र सर्भिसेजहरूमा केन्द्रित छन्।
एप्पल म्याप्स को ‘फ्लाईओभर’ फिचरमा ठुलो सुधार गरिएको छ। अब युजरले सहर र ल्यान्डमार्कहरूको अझ बढी डिटेल्स र स्मुद थ्रीडी भ्यु देख्न पाउनेछन्। कम्पनीले ‘लोकल लिस्ट्स’ फिचर पनि सार्वजनिक गरेको छ। यसको मद्दतले युजरले म्याप्सभित्रै ट्रेन्डिङ रेस्टुरेन्ट र एट्र्याक्सन्स खोज्न तथा सेभ गर्न सक्नेछन्।

‘फाइन्ड माइ’ एपमा नयाँ लोकेशन-सेयरिङ कन्ट्रोल्स थपिएको छ। युजरले निश्चित मिनेट, घण्टा वा दिनका लागि आफ्नो लोकेशन सेयर गर्न सक्नेछन्। युजरले चाहेको खण्डमा दिनको अन्त्यसम्मका लागि लोकेशन सेयरिङ अस्थायी रूपमा पज पनि गर्न मिल्नेछ।

एप्पल वालेट मा धेरै महत्त्वपूर्ण सुविधाहरू थपिएका छन्। युजरले अब आइफोन क्यामेराबाट रिसिप्ट स्क्यान गरी बिल स्प्लिट गर्न सक्नेछन्। एप्पल इन्टेलिजेन्सले रिसिप्टका सामानहरू, ट्याक्स र टिप स्वतः हिसाब गर्नेछ। त्यसपछि एप्पल क्यास मार्फत पैसा तिर्न र संकलन गर्न सकिनेछ। वालेटमा अब फिजिकल मेम्बरसिप र लोयल्टी कार्डहरू पनि डिजिटाइज गरेर राख्न मिल्नेछ।

यो सुविधा एप्पल वाचको स्मार्ट स्ट्याकमा पनि उपलब्ध हुनेछ। होटलका पाहुनाहरूले वालेट एपभित्रै कोठा अनलक गर्न, ट्रिप डिटेल्स र रियल-टाइम अपडेटहरू हेर्न पाउनेछन्।
एप्पल पेको चेकआउट एक्सपेरियन्सलाई रिडिजाइन गरिएको छ। युजरले पेमेन्ट कार्डहरू सजिलै स्वाइप गर्न सक्नेछन्। कार्डको रिवार्ड्स ब्यालेन्स र पे-लेटर अप्सनहरू पनि सिधै देखिनेछन्। मर्चेन्ट्सहरूका लागि ‘ट्याप टु सेयर’ फिचर ल्याइएको छ। यसले युजरको लोयल्टी अकाउन्ट र सिपिङ एड्रेस सुरक्षित रूपमा सेयर गर्नेछ।
एप्पल म्यूजिकको ‘लिरिक्स ट्रान्सलेसन’ फिचरमा थप सातवटा भाषाहरू जोडिएका छन्। ‘लिरिक्स प्रोनाउन्सिएसन’ ले अपरिचित भाषाका गीतहरू गाउन मद्दत गर्नेछ। ‘अटोमिक्स’ फिचर अब एप्पल टिभी र होमपोड मा पनि उपलब्ध हुनेछ। एप्पल टिभी ४के युजरले अब हाई-रेज लसलेस अडियोको अनुभव लिन पाउनेछन्।

एप्पल पोडकास्ट मा ‘सर्च विदिन शो’ फिचर थपिएको छ। यसले कुनै निश्चित पोडकास्टको एपिसोडहरू भित्र सर्च गर्न दिनेछ। म्याक र एप्पल टिभीमा अब भिडियो पोडकास्ट पनि हेर्न मिल्नेछ।
आईक्लाउड सेयर्ड एल्बम्समा अब फुल-रेजोल्युसन फोटो सेयरिङ र इमोजी रियाक्सन्स सपोर्ट उपलब्ध हुनेछ। नयाँ अस्थायी एल्बम्सले आईक्लाउड स्टोरेज भरिने समस्यालाई कम गर्नेछ। एप्पल डिभाइस नभएका युजरले पनि वेबमार्फत फोटोहरू थप्न सक्नेछन्।
फिटनेस प्लसले पेरिमेनोपज र मेनोपजको अवस्थामा रहेका युजरका लागि ‘स्ट्रोङ थ्रु मेनोपज’ नामक तीन हप्ताको विशेष प्रोग्राम सुरु गरेको छ। यसमा गाइडेड योगा र स्ट्रेन्थ वर्कआउटहरू सामेल छन्। यी सबै फिचरहरू हाल एप्पल डेभलपर प्रोग्राममा टेस्टिङका लागि उपलब्ध छन्।
प्रतिक्रिया 4