+
+
Shares

सीमाको विषयमा ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं :  प्रधानमन्त्री बालेन  

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवादमा बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको स्पष्टीकरण दिएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उनले कालापानी र लिपुलेकको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको बताए ।
  • उनले छिमेकी देशहरूसँग प्रमाणका आधारमा छलफल गरेर सीमा समस्या हल गरिने बताएका छन् ।

७ असार,  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् । आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

संसद्‌मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका हैनौं ।’

उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?