+
+
Shares

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

उनले भने, ‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्ने बताएका छन् ।
  • चितवनको भरतपुरमा शुरू भएको रास्वपाको प्रथम महाधिवेशनमा एमाले नेता प्रदीप ज्ञवालीले सरकारलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए ।
  • ज्ञवालीको टिप्पणीप्रति लक्षित गर्दै प्रधानमन्त्री शाहले आफ्नो सरकार लोकल रोडमा नभई एक्सप्रेस वेमा हिँडेको गाडी भएको बताए ।

७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको तुलना गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए । तर प्रधानमन्त्री बालेनले लोकल गाडीमा मात्रै ब्रेकको खाँचो पर्ने बताए ।

उनले भने, ‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?