+
+
Shares

महिन्द्राका विद्युतीय एसयूभी ग्राहकबीच भेटघाट कार्यक्रम, १० ईभी हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले काठमाडौंमा ९० भन्दा बढी ग्राहकको उपस्थितिमा विशेष इलेक्ट्रिक सवारी केन्द्रित कार्यक्रम सम्पन्न गरेको छ।
  • काठमाडौंको सोल्टी होटलमा आयोजित सोही कार्यक्रममा एकैसाथ १० वटा महिन्द्रा इलेक्ट्रिक एसयूभी ग्राहकलाई हस्तान्तरण गरिएको छ।
  • कार्यक्रममा सहभागीहरूले महिन्द्राका नयाँ इलेक्ट्रिक एसयूभी बीई ६ र एक्सईभी ९ ई अवलोकन तथा अनुभव गर्ने अवसर पाए।

७ असार, काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राको नयाँ बोर्न इलेक्ट्रिक सवारी केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ९० भन्दा बढी ग्राहक तथा प्रस्पेक्ट ग्राहकको सहभागिता रहेको थियो। द सोल्टी, काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरूले महिन्द्राका नवीनतम विद्युतीय प्रविधि तथा दिगो यातायात समाधानबारे प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरे ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विशेष हस्तान्तरण समारोहमार्फत करिब १० वटा महिन्द्रा इलेक्ट्रिक एसयूभी एकैसाथ ग्राहकलाई हस्तान्तरण गरिएको थियो।सहभागीहरूले महिन्द्राका नयाँ बोर्न इलेक्ट्रिक एसयूभी महिन्द्रा बीई ६ र महिन्द्रा एक्सईभी ९ ई अवलोकन तथा अनुभव गर्ने अवसर पाएको थियो ।

‘अत्याधुनिक प्रविधि, भविष्यदर्शी डिजाइन र वातावरणमैत्री गतिशीलताका विशेषताले सुसज्जित यी सवारीले महिन्द्राको विद्युतीय यात्रामा नयाँ दिशा प्रस्तुत गरेका थिए’ अग्नि इन्कर्पोरेटेडले एक विज्ञप्तिले भनेको छ ।

कार्यक्रमका क्रममा अग्नि इन्कर्पोरेटेडका वरिष्ठ प्रतिनिधिहरूले सहभागीहरूसँग अन्तरक्रिया गर्दै दिगो यातायात र नेपालको विद्युतीय सवारी क्षेत्रको भविष्यप्रति महिन्द्राको दृष्टिकोणबारे जानकारी साझा गरेका थिए।

कार्यक्रममा भारतस्थित महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । यस अवसरमा अग्नि इन्कर्पोरेटेडका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्न तथा ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनी दृढ रहेको बताएका थिए।

कार्यक्रमले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको विकसित हुँदै गएको विद्युतीय सवारी बजारमा महिन्द्राको बढ्दो उपस्थितिलाई समेत उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?