News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलको पहिलो हाफमा स्पेनले तीन गोलको अग्रता लिएको छ ।
- खेलको १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाए ।
- स्पेनका लागि मिकेल ओयार्जाबलले खेलको २१औं र २४औं मिनेटमा दुई गोल थप्दै टोलीको अग्रता तेब्बर बनाए ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले पहिलो हाफमा साउदी अरेबियाविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा स्पेनले तीन गोलको अग्रता लिएको हो ।
१०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।
त्यसपछि बाँकी दुई गोल मिकेल आफैले गरे । उनले खेलको २१औं र २४औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए ।
प्रतिक्रिया 4