News Summary
Generated by OK AI. Editorially reviewed.- ७ असारमा भएको फिफा विश्वकप २०२६ को खेलमा स्पेनले साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
- स्पेनका मिकेल ओयार्जाबलले दुई तथा लामिन यमालले एक गोल गरे भने साउदीका हसन अल्ताम्बक्तिले एक आत्मघाती गोल उपहार दिए ।
- यो जितसँगै दुई खेलबाट ४ अंक जोडेर स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।
७ असार, काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो ।
स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

त्यसपछि पहिलो गोलको असिस्ट गरेका मिकेल आफैले दुई गोल गरे । उनले खेलको २१औं र २४औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । गोल गरेका दुवै जनालाई स्पेनले पहिलो हाफको खेलपछि आराम दियो ।
पहिलो हाफमा आक्रमक बनेको स्पेनले त्यसपछि गोल गर्न सकेन । खेलको ४९औं मिनेटमा साउदीले हसन अल्ताम्बक्तिले आत्मघाती गोल गर्दा स्पेनको अग्रता ४–० मा पुग्यो । त्यसपछि पनि दुवै टोलीले उत्तिकै अवसर पाएपनि गोल गर्न सकेनन् ।
योसँगै स्पेन २ खेलबाट ४ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले नकआउट पुग्ने सम्भवना बलियो बनाएको छ । उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक अंक छ ।

प्रतिक्रिया 4