+
फिफा विश्वकप २०२६ :

दोस्रो खेलमा पनि बराबरीमा रोकिए बेल्जियम र इरान

२०८३ असार  ८ गते २:५० २०८३ असार ८ गते २:५०

लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत लस एन्जलस स्टेडियममा भएको दोस्रो खेलमा बेल्जियम र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन् ।

लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलमा ७० प्रतिशत बल पोजिसन राखेपनि बेल्जियमले गोल गर्न सकेन । खेलको ६६औं मिनेटमा नेथन एङ्गोएले रातो कार्ड खाँदै बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा सीमित बेल्जियमविरुद्ध पनि इरानले गोल गर्न सकेन ।

पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिएका छन् । पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजिल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए ।

दोस्रो खेलमा पनि बेल्जियम र इरानले एकएक अंक बाँडेका हुन् । समूह ‘जी’ मा २ खेलबाट बेल्जियम र इरानले समान २ अंक जोडेका छन् । एकएक खेल खेलका न्यूजिल्यान्ड र इजिप्टको पनि समान एक अंक छ ।

न्यूजिल्यान्ड र इजिप्ट बिचको खेल आज बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय