+
+
Shares

निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र

रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र शुरू हुन ढिलाइ भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि असार ८ र ९ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
  • महाधिवेशनले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी गरे पनि पार्टीले निर्वाचन प्रक्रिया समेत अघि बढाउने भएको छ ।

८ असार, चितवन । चितवनमा जारी रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो ।

आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अझै सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरुले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।

निर्धारित समयमा बन्दसत्र हुन सकेको छैन । त्रुटि सच्याउने संख्या उल्लेख्य थियो । फारम वितरण भइरहेको छ ।

अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।

निर्वाचन तालिका सार्वजनिक

रास्वपाले रवि लामिछानेलाई नै सर्वसम्मत सभापतिमा निरन्तरता दिने सम्भावना भए पनि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने छ ।

रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइनखबरलाई जानकारी दिए ।

बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।

त्रुटि सच्याउँदै प्रतिनिधिहरू

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन बिहान १० बजे हुनेछ । उम्मेदवारी मनोनयनको फारम वितरण १ बजे हुनेछ ।

उम्मेदवारी मनोनयन पत्र दर्ता समय २ देखि ४ बजेसम्म तोकिएको छ ।

राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । त्यसपछि उम्मेदवार विरुद्ध परेको दाबी विरोध जाँचबुझका लागि एक घन्टा समय छुट्याइएको छ ।

राति ९ बजेदेखि १५ मिनेट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइने छ । राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

भोलिपल्ट बिहान अर्थात् असार ९ गते ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहने छ ।

विहान ८ बजे देखि ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने विधानको व्यवस्था छ । पहिलो चरणको मत परिणाम मतदान सकिएको दुई घण्टा पछि गरिने छ ।

दोस्रो चरणको मतदान अन्य पदाधिकारीको लागि हुनेछ । दोस्रो चरणको मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?