+
+
Shares

रास्वपा महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम चलिरहेको छ । यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ११:१७
महाधिवेशन प्रतिनिधिको नामावलीको त्रृटि सच्याइँदै ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउन समय लागेकाले बन्दसत्र सुरू हुन ढिलाइ भएको छ ।
  • प्रतिनिधिहरूको व्यक्तिगत विवरण नसच्चिएको र केही प्रदेशका प्रतिनिधि चयनमा विवाद भएकाले बन्दसत्रको समय लम्बिएको निर्वाचन समितिले जनाएको छ ।
  • बन्दसत्रमा पार्टीको विधान संशोधन प्रस्तावसहित सांगठनिक, राजनीतिक तथा आर्थिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ ।

८ असार, चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ ।

आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सुरू गर्न समस्या परेको हो ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम चलिरहेको छ । यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन् । नेताहरूका अनुसार बन्दसत्र सुरू हुन नै अपराह्न  अबेर हुनसक्छ ।

प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन । मधेस लगायतका प्रदेशका त प्रतिनिधिहरू को रहने भन्नेमा पनि विवाद थियो ।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।

अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?