News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको टोकियोस्थित शिन-ओकुबोमा नेपाली परम्परागत तथा आधुनिक पहिरनहरू उपलब्ध गराउने उद्देश्यले हाना बुटिक सञ्चालनमा आएको छ।
जापानमा बसोबास गर्ने नेपालीहरूको जनसंख्या दिनप्रतिदिन बढ्दै जाँदा विभिन्न किसिमका नेपाली व्यवसायहरू पनि फस्टाउँदै गइरहेका छन्।
यसै सन्दर्भमा जापानमा बस्ने नेपाली समुदायका लक्षित गरेर टोकियोको मुटु शिन-ओकुबो क्षेत्रमा परम्परागत, साँस्कृतिक र आधुनिक पहिरनहरू उपलब्ध गराउने उद्देश्यले ‘हाना बुटिक’ सञ्चालनमा आएको छ।
विदेशमा रहेर पनि नेपालीपन, संस्कृति र फेसनलाई आत्मसात गर्न चाहने नेपालीका लागि हाना बुटिक उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ। यस क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास तथा आवतजावत रहने गर्छ ।
हाना बुटिकमा प्रिमियम सिंगापुरे शिफन सारी, सिंगापुरे ड्रेसहरू, बेलायतबाट आयात गरिएका गुणस्तरीय स्वेटरहरू, जापानिज तथा हल्यान्डका लुङ्गीहरूका साथै महिलाहरूका लागि आवश्यक ब्लाउज, कुर्ता–सलवार, लेहेंगा तथा विभिन्न आकर्षक डिजाइनका पहिरनहरू उपलब्ध रहेका छन्।
त्यस्तै पुरुषहरूका लागि टी-शर्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उच्च गुणस्तरीय कपडा तथा फेसन एक्सेसरिजहरू समेत उपलब्ध रहेको बुटिककी सञ्चालिका मेनुका गुरुङले जानकारी दिइन् ।
बुटिकको अर्को विशेषता भनेको नेपाली जातीय तथा सांस्कृतिक पहिचान झल्काउने पहिरनहरूको उपलब्धता हो । यहाँ गुरुङ, मगर, राई, लिम्बू लगायत विभिन्न जातीय समुदायका सांस्कृतिक पोशाकहरू, साथै तेह्रथुमे ढाका तथा अन्य नेपाली ढाका सामग्रीहरू समेत उपलब्ध छन् ।
त्यसैगरी, ग्राहकहरूको आवश्यकता र रुचिअनुसारको डिजाइनमा सिलाइ सेवा, कुर्ता, लेहेंगा, ब्लाउज तथा अन्य पहिरनहरूको फिटिङ, साइज घटाउने–बढाउने तथा बुटिकसम्बन्धी सम्पूर्ण कार्यहरू समेत गरिने गुरुङले बताइन् ।
तीज, दशैं, तिहार, विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक एवं पारिवारिक अवसरहरूका लागि आवश्यक पहिरनहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले हाना बुटिक सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
प्रतिक्रिया 4