News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- यस प्रकरणमा जर्मन कम्पनीका नेपाल प्रतिनिधिहरू सिद्धार्थ थापा र मनिन्द्रराज मल्लविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
- आयोगले आरोपित मनिन्द्रराज मल्ललाई पक्राउ गरिसकेको छ भने अर्का प्रतिनिधि सिद्धार्थ थापा सम्पर्कविहीन छन् ।
८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् । त्यस्ती मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ । थापा भने सम्पर्कविहीन छन् ।
अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दामा उनीहरूको पनि नाम छ । नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रुपमा भूमिका खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4