News Summary
Generated by OK AI. Editorially reviewed.- महाधिवेशन प्रतिनिधि थपघट र मधेश प्रदेशको विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको ८ असारको बन्द सत्र स्थगित भएको छ ।
- बन्द सत्र स्थगित भएपछि पार्टीभित्र देखिएका विवादित विषयहरू टुंगो लगाउन रास्वपाले आवश्यक गृहकार्य सुरु गरेको छ ।
- बन्द सत्रमा सहभागी हुन बिहानैदेखि कुरेर बसेका महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थगित भएपछि फर्किएका छन् ।
८ असार, काठमाडौं । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ ।
महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो ।
रास्वपाका स्रोतका अनुसार, आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4