News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरका विभिन्न स्थानबाट लागुऔषध सेवन गरी सवारी साधन चलाउने १० जना चालक तथा सहचालक पक्राउ परेका छन् ।
- पक्राउ परेका ती चालक तथा सहचालकहरूविरुद्ध लागुऔषध सेवनको कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
८ असार, काठमाडौं । लागुऔषध सेवन (लापसे) गरेर सवारी चलाउने १० जना पक्राउ परेका छन् ।
मकवानपुरको विभिन्न ठाउँहरूबाट चालक तथा सहचालक गरी १० जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा बाराका २० वर्षीय मोस्तकी अन्सारी, गोरखाका २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरीका २७ वर्षीय अन्जित चौधरी, पर्साका ४० वर्षीय राम नारायण मण्डल, सर्लाहीका ३४ वर्षीय अमिर योन्जन, रौतहटका ३५ वर्षीय पुकार यादव, मकवानपुरका २३ वर्षीय रोहन लामा, महोत्तरीका २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहटका ३३ वर्षीय उमेश राय यादव र पर्साका ३४ वर्षीय मैनिदिन मियाँ छन् ।
उनीहरूविरुद्ध लागुऔषध सेवनको कसुरमा मुद्दा चलाइने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4