+
+
Shares

लिंक्डइनले ल्यायो ‘कोल्याबोरेटिभ’ पोस्ट फिचर, दुई जना मिलेर एउटै पोस्ट गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते ११:४०

काठमाडौं । लिंक्डइनले आफ्नो प्लेटफर्ममा कोल्याबोरेटिभ पोस्ट फिचर घोषणा गरेको छ। यो नयाँ फिचरले क्रिएटरहरूलाई अन्य लिंक्डइन सदस्यहरूलाई आफ्नो पोस्टमा को-क्रिएटरको स्पेस दिनेछ।

लिंक्डइनको यो कोल्याब पोस्ट फिचर पोस्ट सेटिङभित्र रहेको नयाँ ‘एड कोल्याबोरेटर्स’ विकल्पमार्फत प्रयोग गर्न सकिनेछ। यो विकल्प पोस्ट कम्पोजरभित्र उपलब्ध हुनेछ। प्रयोगकर्ताहरूले यसको मद्दतले अन्य लिंक्डइन प्रयोगकर्ता वा कम्पनी पेजहरूलाई पोस्टमा साझेदारी गर्न आमन्त्रित गर्न सक्नेछन्।

कम्पनीका अनुसार, नयाँ प्रोडक्ट लन्च, ठूला बिजनेस न्यूज, ब्रान्ड पार्टनरसिप वा कम्पनीका उपलब्धिहरू सेयर गर्दा पर्दा पछाडि धेरै मानिसहरूले काम गरिरहेका हुन्छन्। लिंक्डइनको कोल्याबोरेटिभ पोस्ट विकल्पले टोलीको उपलब्धिलाई उत्सवको रूपमा मनाउने माध्यम दिनेछ।

केही समयपछि सदस्यहरू र लिंक्डइन पेजहरूले लिंक्डइनमा सँगै पोस्टहरू सेयर गर्न सक्नेछन्। यस्तो पोस्टको माथिल्लो भागमा सबै कोल्याबोरेटरहरूको नाम देखिनेछ। कम्पनीले कान्समा केही क्रिएटर र ब्रान्डहरूसँग यसको परीक्षण सुरु गरिसकेको छ। आगामी केही महिनामा यसलाई सबैका लागि विस्तार गरिनेछ।

यो अपडेट क्रिएटर मोनेटाइजेसन अर्थात् क्रिएटरहरूलाई पैसा कमाउने अवसर दिने लिंक्डइनको वृहत् योजनाको एउटा हिस्सा हो। यसै महिनाको सुरुमा लिंक्डइनले आफ्नो ‘क्रिएटर मार्केटप्लेस’ पनि लन्च गरेको थियो। यसले ब्रान्डहरूलाई विज्ञापनका लागि उपयुक्त लिंक्डइन क्रिएटरहरू खोज्न मद्दत गर्छ।

यो एपले ब्रान्डहरूलाई प्रयोगकर्ताका पोस्टहरू स्पन्सर गर्ने अनुमति पनि दिन्छ। यी अपडेटहरू र ‘ब्रान्डलिंक’ मा गरिएका सुधारहरूले लिंक्डइन क्रिएटरहरूलाई आफ्नो प्रोफाइलबाट पैसा कमाउने थप पाटाहरू खोल्नेछन्।

यसले प्रयोगकर्ताहरूलाई लिंक्डइनमा लगातार पोस्ट गरिरहन प्रोत्साहन दिनेछ। कोल्याब पोस्टले ब्रान्डहरूलाई व्यक्तिगत लिंक्डइन सदस्यहरूको नेटवर्क प्रयोग गर्ने अवसर पनि दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?