+
+
Shares

निर्वाचन क्षेत्रमा पर्ने सडकको स्थलगत निरीक्षणमा दुई मन्त्री लिएर पुगिन् सोबिता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १०:४०

९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमत, पूर्वाधारमन्त्री सुनिल लम्साल र वनमन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुन्ज भित्रको सडकको स्थलगत निरीक्षण गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको सो क्षेको निरीक्षणका लागि कानुनमन्त्री गौतमले अन्य दुई मन्त्री लिएर पुगेकी थिइन् ।

सो क्रममा उनीहरूले स्थानीयसँग भेटेर त्यहाँका समस्या र सडक निर्माणका लागि आवश्यक विषयबारे जानकारी लिएका थिए ।

भरतपुरबाट माडी जाने वैकल्पिक सडक र पुल निर्माणका लागि चितवन राष्ट्रिय निकुन्जको धु्रबघाटमा समेत स्थलगत निरीक्षण गरेका हुन् ।

महाधिवेशनका लागि पुगेका मन्त्रीहरू बन्द सत्र सुरु हुनुअघिको खाली समय पारेर निरीक्षणमा गएका थिए ।

मन्त्री गौतमले आफूले गरेको चुनावी वाचा अनुसार, स्थानीयका मुद्दा सम्बोधन गर्नेगरी सो क्षेत्रको अवलोकनमा पुगेको बताएकी छिन् ।

पूर्वाधारमन्त्री लम्साले माडी जाने सडकको लागि आवश्यक पर्ने बजेट सुनिश्चितता सरकारले गर्ने निरीक्षणका क्रममा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?