+
+
Shares

निजी शिक्षालयमा साढे ३७ लाख विद्यार्थी

निजी शिक्षण संस्थामा सबैभन्दा धेरै उच्च शिक्षा लिने व्यवस्थापन तथा वाणिज्य संकायका २ लाख ३६ हजार ५ सय ८१ जना छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:४३

९ असार, काठमाडौं । देशभरि निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थी रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार देशभरिका निजी शिक्षण संस्थामा ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत देखिएको छ ।

सर्वेक्षण आर्थिक वर्ष २०८०/८१ लाई आधार मानेर गरिएको हो । सन्दर्भ वर्षमा यसमध्ये पूर्वप्राथमिक तहमा ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८ सम्म) १८ लाख ६४ हजार र माध्यमिक तहमा ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै उच्च शिक्षामा ४ लाख ६६ हजार र प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रिडिप्लोमा तथा डिप्लोमा तहमा जम्मा ३५ हजार ६ सय ८८ विद्यार्थी रहेको कार्यालयले जनाएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने ४ लाख ६६ हजार विद्यार्थीमध्ये २ लाख १४ हजार ९ सय ९७ अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा रहेको तथ्यांक छ ।

संकायगत हेर्दा निजी शिक्षण संस्थामा सबैभन्दा धेरै उच्च शिक्षा लिने व्यवस्थापन तथा वाणिज्य संकायका २ लाख ३६ हजार ५ सय ८१ जना छन् ।

शिक्षा संकायमा १ लाख १२ हजार ७ सय ७६, मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९, विज्ञान तथा प्रविधि अध्ययन संकायमा ३६ हजार १ सय ५९ र इन्जिनियरिङमा २१ हजार ७ सय ३९ विद्यार्थी रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?