+
+
Shares

इरानी राष्ट्रपति एक दिने भ्रमणका लागि इस्लामावाद पुगे

इस्लामावाद पुगेका राष्ट्रपति पेजेस्कियानलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले विमानस्थल पुगेर स्वागत गरे । उनको स्वागतमा १६ वटा तोपको सलामी पनि दिइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:३५

९ असार, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियान एक दिने भ्रमणका लागि पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

मंगलबार इस्लामावाद पुगेका राष्ट्रपति पेजेस्कियानलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले विमानस्थल पुगेर स्वागत गरे । उनको स्वागतमा १६ वटा तोपको सलामी पनि दिइएको थियो ।

दुवै नेताले विमास्थलमा अंकमाल गरेको तस्वीर इरान सरकारले सार्वजनिक गरेको छ ।

इरानी राष्ट्रपतिको यो भ्रमणका लागि छ वटा पाकिस्तानी सैन्य विमानहरूले सुरक्षा दिएका थिए ।

यो भ्रमणमा इरानी राष्ट्रपति पेजिस्कियानले पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री सरिफ, अन्य नेता र अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।

यसअघि इरान र अमेरिकाबीचको युद्ध रोक्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । यसैक्रममा सोमबार स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच पहिलो चरणको शान्ति वार्ता भएको थियो ।

उक्त वार्तालाई सहभागी पाकिस्तानी प्रधानमन्त्री सरिफले सफल र ऐतिहासिक भनेका थिए । पाकिस्तानको मध्यस्थकर्ताको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा तारिफ र चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?