९ असार, काठमाडौं । नेकपा एमालेले आफ्ना नेताकार्यकर्तामाथि सरकारले योजनाबद्ध रूपमा पूर्वाग्रह साँधिरहेको समीक्षा गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले यस्तो समीक्षा गरेको हो ।
‘सरकारले शृङ्खलाबद्ध, योजनाबद्ध ढंगले, नियतवस् पूर्वाग्रह तथा प्रतिशोध राखेर फरक राजनीतिक पार्टीका, फरक राजनीतिक विचारका नेता कार्यकर्तालाई त्यसमा पनि नेकपा एमालेसँग जुन प्रकारको साँधिरहेको छ, गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले भनेका छन् ।
एमालेले प्रधानमन्त्री बालेन्द्र शाहका गैह्रजिम्मेवार र राष्ट्र हित विपरीतका गतिविधिमा एमाले तगारो बन्ने भएकाले सरकारबाट प्रतिशोध साँध्ने काम भइरहेको उनले दाबी गरे ।
उनले भने, ‘देशको प्रधानमन्त्रीले हाम्रो देशले अरू देशको सिमाना मिचेको छ भन्ने कुरा नेकपा एमालेले सुन्न सक्दैन । यो हामी सहन सक्दैनौँ, यसको विरोध गर्छौँ ।’
यस्तै, लोकतन्त्रका आधारभूत मूल्यमान्यता विपरीत सरकार गएको नेकपा एमाले देख्न नसक्ने र त्यसको विरुद्धमा बोल्ने उनले बताए ।
‘सरकारले आफ्नो त्यही बाटोको तगारो नेकपा एमालेलाई लिएको हुनाले यसका नेता कार्यकर्तामाथि जाइलागेको छ,’ महरले भने ।
प्रतिक्रिया 4