९ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
भक्तपुरस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए ।
यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका थिए ।
ओलीले भनेका थिए, ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानुनी हो ।’
विशेष अदालतले पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
प्रतिक्रिया 4