+
+
Shares

स्वदेशमै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सांसद देवकोटाको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १६:२७

९ असार, काठमाडौं । नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सरकारसँग माग गरेकी छिन् ।

मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

नेपाल जस्तो उपयुक्त वातारण भएको मुलुकमा वाह्य मुलुकलाई विद्यार्थीलाई पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उनले औंल्याइन् ।

‘मुख्यकुरा नेपालमा नै उच्च शिक्षा दिने वातवरण हाम्रा विद्यार्थीहरुलाई बनाउनु पर्‍यो । हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हावापानी, आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा बाहिरका विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, यसका लागि के गर्न सकिन्छ ? यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरु के छ ?  म यसका लागि जानकारी लिन चाहन्छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?