९ असार, काठमाडौं । नेपालका निजी शिक्षण संस्थाको औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार देशभरिका निजी शिक्षण संस्थाको औसत मासिक शुल्क बागमती प्रदेशमा सबैभन्दा महँगो ५ हजार १ सय रहेको देखिएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ हजार रुपैयाँ मासिक रहेको छ ।
मासिक शिक्षण शूल्कलाई तहगत रुपमा हेर्दा माध्यामिक तह र उच्च शिक्षामा बढी शूल्क लाग्ने गरेको देखिन्छ । शिक्षण संस्थाको वार्षिक खर्च हिसाव हेर्दा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थामा प्रतिशिक्षण संस्थाको वार्षिक खर्च २ करोड, माध्यामिक तहको औसत १ करोड ८८ लाख, व्यवसायिक शिक्षा सञ्चालन गर्ने संस्थाको औसत १ करोड १७ लाख खर्च रहेको देखिन्छ ।
कुल संस्थाहरूको तलव, भत्तालगायतमा वार्षिक खर्च औसत १ करोड २२ लाख रहेको देखिन्छ । खर्चका हिसावले बागमती प्रदेशमा २ करोड १२ लाख, गण्डकीमा १ करोड ३० लाख, लुम्बिनीमा १ करोड ४ लाख, कोशीमा ८९ लाख, मधेशमा ७० लाख, कर्णालीमा ६४ लाख र सुदूरपश्चिममा ६३ लाख छ । नेपालका निजी शिक्षण संस्थाले कर्मचारीको तलव भत्तामा वार्षिक ७५ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया 4