९ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर १० असार (बुधबार) देखि पुन: सञ्चालनमा आउने भएको छ ।
२३ र २४ भदौ २०८२ को जनेनजी आन्दोलनमा आगलागी गरी ध्वस्त बनाइएको यो स्टोर बुधबारदेखि पुन: सञ्चालनमा आउन लागेको हो ।
१० असारदेखि बौद्ध भाटभटेनीले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
ग्राहक सुविधा ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको उनले बताए ।
बौद्ध भाटभटेनी पुन: सञ्चालनमा ल्याउन ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति भाटभटेनीले आभार व्यक्त गरेको छ ।






प्रतिक्रिया 4