१० असार, काठमाडौं । भारतमा टेलिग्रामको प्रयोग व्यापक रूपमा बाल यौन दुर्व्यवहारका सामग्रीहरू सेयर गर्न र वित्तीय ठगीका गतिविधिहरू सञ्चालन गर्न भइरहेको एउटा सरकारी अनुसन्धानले देखाएको छ।
गृह मन्त्रालयको साइबरक्राइम कोआर्डिनेसन सेन्टरले तयार पारेको ३५ पानाको प्रतिवेदन अनुसार सरकारले यस एपका ग्रुपहरूलाई सक्रिय रूपमा निगरानी गरिरहेको छ।
मेडिकल कलेजको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सरकारले टेलिग्राममाथि लगाएको एक हप्ताको प्रतिबन्धको बचाउका क्रममा यो प्रतिवेदन अदालतमा पेस गरिएको थियो। उक्त प्रतिबन्ध मंगलबार हटाइएको छ । तर, पुराना म्यासेजहरू एडिट गर्न मिल्ने फिचरमा भने जुन ३० सम्म रोक लगाइएको छ।
भारत सरकारले टेलिग्रामको गोपनीयता सम्बन्धी फिचरहरू प्रति चिन्ता व्यक्त गरेको छ। यसले प्रयोगकर्ताहरूलाई फोन नम्बर नदेखाई कुराकानी गर्न अनुमति दिन्छ र पहिचान गर्न गाह्रो बनाउँछ। भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्ता भएको ह्वाट्सएपमा भने यस्तो सुविध उपलब्ध छैन।
रोयटर्सले अध्ययन गरेको प्रतिवेदन अनुसार साइबर अपराधीहरूले बन्द गरिएका ग्रुप र च्यानलहरूमा पहुँच बनाउन टेलिग्रामको प्रयोग गरिरहेका छन्। भारत टेलिग्रामको सबैभन्दा ठूलो बजार हो जहाँ यसका १५ करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। यो एप अन्य देशहरूमा पनि अनुसन्धान र विवादको घेरामा पर्दै आएको छ।
प्रतिक्रिया 4