प्रतीकात्मक तस्वीर
१० असार, काठमाडौं । म्याग्दीमा पहिरोले ईभी गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा ईभी गाडी पुरिएको हो ।
उक्त घटनामा ईभी चालक समेत रहेका पर्साको वीरगञ्ज महानगरपालिका–२१ का २३ वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।
।
घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्म हेडक्वार्टर म्याग्दीबाट संयूक्त टोली खटिएर उद्धार गरेको थियो
उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अहिले पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4