+
+
Shares

प्याजको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ११:०५

११ असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ क्रमशः उकालो लागेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ उकालो लागेको देखाएको हो।

एक साता अवधिमा प्याजको भाउ किलोमा औसत ६ रुपैयाँ बढेको छ ।

आज बिहीबार थोक बजारमा प्याजको भाउ प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

एक साताअधि ४ असारमा प्याज प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४७ रुपैयाँसम्ममा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?