११ असार, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले जेठ २८ देखि असार २ गतेसम्म आवेदन खुलाएको थियो ।
आईपीओमा कुल २८ लाख ५० हजार २५ जनाको आवेदन सदर भएको थियो भने ४४ हजार २०७ आवेदन बदर भएको थियो । सदर आवेदनमध्ये गोलाप्रथाबाट ७० हजार ५५० जनाले १० कित्ताका दरले पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कैलालीको अत्तरियामा कम्पनीको रजिस्टार कार्यालय रहेको छ । कम्पनीले सर्वोत्तम पेन्ट्स ब्रान्डमा विभिन्न रङ उत्पादन तथा बिक्री गर्दछ । संकलित पूँजीबाट क्षमता विस्तार गरिने कम्पनीले जनाएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ ।
साधारण लगानी फिर्ता हुने अवधि ६.६० वर्ष रहेको छ । त्यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ । कम्पनीले केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । जुन रेटिङले दायित्व वहनमा कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ ।
प्रतिक्रिया 4