काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान समूह एफका दुई खेल हुँदैछ ।
जसमा नेदरल्यान्ड्सले ट्युनिसियासँग खेल्नेछ भने एसियाली पावार हाउस जापानले स्वीडेनसँग खेल्नेछ ।
यस समूहबाट हालसम्म कुनै पनि टोलीले नकआउट चरणमा स्थान बनाइसकेको छैन भने ट्युनिसिया समूह चरणबाटै बाहिरिसकेको छ ।
त्यसैले बाँकी तीनै टोलीको लक्ष्य आफू अनुकुल नतिजा ल्याउँदै नकआउट चरणमा पुग्ने रहेको छ ।
नेदरल्यान्ड्स र जापान यस समूहमा अपराजित छन् र समूह विजेता बन्ने लक्ष्यमा छ । दुवैको समान ४ अंक छ । गोलअन्तरमा अघि रहेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।
यस पटक उत्कृष्ट तेस्रो टोली पनि नकआउट चरण पुग्ने भएकोले दुवै टोली नकआउट चरण पुग्ने लगभग पक्का छ । अन्तिम खेलको नतिजापछि टोलीको स्थान टुङ्गो लाग्नेछ ।
यस्तै स्वीडेन एक जित र एक हारबाट ३ अंकसहित तेस्रोमा छ । स्वीडेनको नजर पनि नकआउट चरणमा पुग्नेछ । साथै स्वीडेनको पनि अझै समूह विजेता सम्भावन पनि बाँकी छ । तर त्यसका लागि जापानलाई हराउनुपर्ने छ भने अर्को खेलमा नेदरल्यान्ड्सले पनि ट्युनिसियालाई हराउनु हुने छैन ।
लगातार दुई खेल हारेको ट्युनिसिया भने समूह चरणबाट बाहिरिसकेको छ र अन्तिम खेलमा सुखद रुपमा अन्त्य गर्न चाहन्छ ।
जापान समूह विजेता बन्ने होडमा, स्वीडेनको लक्ष्य नकआउट चरणमा पुग्ने
जापान र स्वीडेनबीचको खेलमा अमेरिकाको डालास स्टेडियममा बिहान पौने ५ बजे सुरु हुनेछ ।
जापानले समूहको पहिलो खेलमै युरोपियन टोली नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा रोक्दै उत्कृष्ट सुरुवात गरेको थियो । दुई पटक पछि परेर पनि जापानले कमब्याक गरेको थियो ।
यस्तै फिफा विश्वकपकै ऐतिहासिक १०००औं खेलमा ट्युनिसियामाथि ४-० को फरिकलो जितपछि जापानको गोल अन्तरमा पनि राम्रो छ । त्यही लय कायम राख्दै जापान लगातार जित निकाल्ने लक्ष्यमा छ ।
अर्कोतिर स्वीडेनको कथा भने फरक छ । पहिलो खेलमै ट्युनिसियालाई ५-१ ले हराएर सानदार सुरुवात गरेको स्वीडेन दोस्रो खेलमा भने त्यही स्कोरलाइनमा नेदरल्यान्ड्ससँग पराजित भयो । जसले गर्दा स्वीडिस टोली केही दबाबमा पनि छ ।
लयमा देखिएको जापान र स्वीडेनबीचको खेल नकआउट पुग्न पनि निर्णायक भएकोले दुवैलाई महत्वपूर्ण छ ।
यस खेलमा जित हात पारेमा जापान समूह विजेता बन्ने सम्भावना छ । यदी नेदरल्यान्ड्सले ट्युनिसियासँग बराबरी खेलेमा वा पराजित भएमा यस खेलको विजेता नै समूह विजेता बन्नेछ ।
नेदरल्यान्ड र जापान दुवै विजयी भएमा समान ७ अंक हुनेछ र यस्तोमा गोलअन्तरले समूह विजेता निर्धारण हुनेछ । यदी नेदरल्यान्ड्स र स्वीडेन विजय भएमा नेदरल्यान्ड्स समूह विजेता र स्वीडेन समूह उपविजेता हुनेछ ।
यदी दुवै खेल बराबरीमा सकिएमा नेदरल्यान्ड्स समूह विजेता र जापान समूह उपविजेता बन्नेछ ।
नेरदल्यान्ड्स विजयी भएमा र अर्को खेल बराबरी भएमा नेदरल्यान्ड्स समूह विजेता र जापान समूह उपविजेता बन्नेछ ।
जापान र स्वीडेन विश्वकपमा पहिलो पटक खेल्न लागेका हुन् भने समग्रमा यो पाँचौ भेट हुनेछ । यसअघिका चार खेलमा जापानले एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको थियो ।
फिफा वरियतामा जापान १८औं र स्वीडेन ३८औं स्थानमा छन् ।
समूह विजेता बन्ने डच दाउ
ट्युनिसिया र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको कान्सास सिटी स्टेडियममा बसहान पौने ५ बजे हुनेछ ।
यस समूहमा दुई फरक स्थितीमा रहेको टोली हो नेदरल्यान्ड्स र ट्युनिसिया ।
नेदरल्यान्ड दुई खेलमा अपराजित छ र ४ अंक जोडेर शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित हुँदै अंकविहन रहेको ट्यिनसिया पूछारमा छ । ट्युनिसिया समूह चरणबाट बाहिरिसकेको छ ।
नेदरल्यान्ड्सले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेल्दै अंक बाड्नुपरेको थियो । उक्त खेलमा दुई पटक लिएको अग्रता डच टोलीले जोगाउन सकेन ।
दोस्रो खेलमा भने युरोपियन प्रतिद्वन्दी स्वीडेनलाई ५-१ ले रहाएर नेदरल्यान्ड्सले पहिलो जित हात पारेको थियो ।
नेदरल्यान्ढ्स यस खेल जित्दै समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । ट्युनिसिया भने अन्तिम खेलमा सकरातम्क नतिजा निकालेर सुखद रुपमा विश्वकपबाट घर फर्कन चाहन्छ ।
नेदरल्यान्ड्स र ट्युनिसिया फिफा विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् । समग्रमा भने यी दुई टोलीको यो चौथो भेट हो । यसअघि तीन खेल हुँदा नेदरल्यान्ड्सले २ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।
फिफा वरियतामा नेदरल्यान्ड्स आठौं र ट्युनिसिया ४५औं स्थानमा छ ।
प्रतिक्रिया 4