११ असार, चितवन । रास्वपा निर्वाचन तालिका फेरि संशोधन गरिएको छ । पाँचौंपटक संशोधन भएको निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७:३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८:३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्म र सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान निर्धारण गरिएको छ ।
मतगणना राति सवा १२ देखि सवा १ बजेका लागि तय गरिएको छ । मतपरिणाम घोषणा राति १:३० बजे हुने भएको छ ।
प्रतिक्रिया 4