+
+
Shares

रास्वपा महाधिवेशन : ६ पदाधिकारीमा निर्वाचन हुने, कुन पदमा कसको दाबी ?

खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २३:५३

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।

केहीबेरमा प्रवासबाट खसेको मतसहित जोडेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताएको छ ।

मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले पनि आफ्नो आफ्नो दाबी अघि सार्न थालेका छन् ।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्नासाथ पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ । आकांक्षीहरूबीच सहमति नभएको खण्डमा आजै रातिबाट मतदान कार्य अघि बढाउने तयारी निर्वाचन आयोगको छ ।

रास्वपाको विधान अनुसार, १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमा रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् । बाँकी रहेका १८ मध्ये वरिष्ठ नेतामा निर्वाचन प्रधानमन्त्री समेत रहेका बालेन शाह रहनेछन् ।

विधान अनुसार, उपसभापति ३ (१ खुला, १ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (२ खुला, १ महिला, २ मनोनीत), प्रवक्ता १ (मनोनित), सहप्रवक्ता ३ (१ महिला, सबै मनोनीत) व्यवस्था छ । कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था छ । रास्वपाका नेताहरूका अनुसार, ६ पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ ।

खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुने भएको हो ।

कुन पदमा क–कसको दाबी ?

रास्वपाको दुई उपसभापति पदका डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, महिला उपसभापतिमा सोबिता गौतम, इन्दिरा राना मगर र तोसिमा कार्कीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

दुईमध्ये एक महामन्त्री मनोनीत हुनेछन् । बाँकी रहेको एक पदका लागि आधा दर्जनभन्दा बढी नेताहरूले दाबी गरेका छन् ।

जसमा शिशिर खनाल, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपाने लगायतले दाबी गरेका छन् ।

सह महामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम शाह, रिमा विश्वकर्मा लगायतले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?