१२ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपाको महामन्त्री पदको दाबेदारीबाट पछि हटेको बताएका छन् । शुक्रबार बिहान फेसबुकमार्फत उनले नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै आफू महामन्त्री पदको निर्वाचनबाट पछि हटेको बताएका छन् ।
‘पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु,’ खनालले लेखेका छन्, ‘यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’
यस्तै उनले आफूलाई केन्द्रीय सदस्यमा मतदान गर्ने देशभित्र र प्रवासमा रहेका प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।
‘आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा मेरो भूमिका रहने नै छ । मलाई निरन्तर हौसला प्रदान गर्नुहुने सम्पूर्णमा म हार्दिक नमन व्यक्त गर्न चाहन्छु,’ खनालले लेखेका छन् ।
प्रतिक्रिया 4