१२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्रीद्वय दाहाल–नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता कोइरालासँग भेटवार्ता गरेका हुन् ।
कोइरालाको सचिवालयले तीन नेताबीच कोइराला निवासमा भेटघाट भएको पुष्टि गरेको छ । उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।
नेता कोइरालासँग शुक्रबार नै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भेटवार्ता गरेका थिए । उनीहरूबीच पार्टीको आन्तिरक विवाद समाधान र आसन्न १५ औं महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4