+
+
Shares

रास्वपा महाधिवेशनका कारण शनिबार पनि बोलाइयो संसद् बैठक

सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ११:२७

१२ असार, काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ । संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ ।

यसअघि यही असार ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आज १२ गते बस्ने बोलाइएको बैठक फेरि स्थगित गरेर भोलि १३ गते शनिबारका लागि सारिएको छ ।

रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको दल हो । सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसक्ने भएकाले स्थगित गर्नुपरेको सूचना निकालेका छन् ।

अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?