मेची देखि महाकाली सम्म
पवित्र अधिष्ठान हाम्रो ।।
देशको उच्च शिखर
सगरमाथा शान हाम्रो ।
देशको मध्य
मनोकामना पहिचान हाम्रो ।
देशको तल्लो
वैदेही सम्मान हाम्रो ।।
मेची देखि महाकाली सम्म
पवित्र खलियान हाम्रो ।।
चुरे, महाभारत, भांवर
क्षेत्र पहिचान हाम्रो ।
कोशी, कर्णाली र
गण्डकी प्राण हाम्रो ।।
अष्टाव्रक, कपिल, व्यास,
मण्डन अन्तर्ज्ञान हाम्रो ।
मेची देखि महाकाली सम्म
पवित्र इमान हाम्रो ।।
छौ रोल्पा, लिङ्पो र
चोलासो हिमताल हाम्रो ।
पसन्त, गृष्म, वर्षा शिशिर,
शरद, हेमन्त क्रृतु हाम्रो ।
पाचऔले, पापारोजा,
यार्चागुम्वा जडीबुटी हाम्रो ।
मेची देखि महाकाली सम्म
पवित्र स्थान हाम्रो ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4