काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोर्न सुरु गरिएको छ ।
उपत्यकाका सडक र सार्वजनिक पर्खाललाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन् ।
यी भित्तेचित्रमा नेपालका परम्परा, संस्कृति र सम्पदालाई झल्काउने दृश्य समेटिएका छन् । विशेषगरी बौद्ध सम्पदा तथा लाखे नृत्यका चित्र कोरिएका छन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सडकको सौन्दर्य पनि बढाएको छ ।
– नेपाल न्यूज ब्यांकबाट ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4