+
फिफा विश्वकप २०२६ :

ब्राजिल र जापान राउन्ड अफ ३२ मै भिड्ने

२०८३ असार  १२ गते १५:१४ २०८३ असार १२ गते १५:१४

१२ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह एफको अन्तिम खेलमा जापानले स्विडेनसँग १–१ को बराबरी खेलेपछि समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूह एफको विजेता भने नेदरल्यान्ड्स बन्यो ।

ब्राजिल यसअघि समूह ‘सी’ मा दुई जित र एक बराबरीसहित शीर्ष स्थानमा रहँदै राउन्ड अफ ३२ मा पुगेको थियो । समूह ‘सी’ को उपविजेता मोरक्कोले अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल र जापानबीचको राउन्ड अफ ३२ को खेल जुन २९ मा अमेरिकाको ह्युस्टन स्टेडियममा हुनेछ ।

जापानले गत अक्टोबर २०२५ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई ३–२ ले हराउँदै इतिहास रचेको थियो । १४ भेटमा जापानको त्यो ब्राजिलविरुद्ध पहिलो जित थियो।

यद्यपी विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म एकपटक मात्र भेट भएको छ । सन् २००६ को विश्वकप समूह चरणमा ब्राजिलले जापानलाई ४–१ ले पराजित गरेको थियो।

जापान पछिल्ला वर्षहरूमा युरोपेली र दक्षिण अमेरिकी शक्तिशाली टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने ब्राजिल उपाधिको प्रमुख दाबेदारका रूपमा मैदान उत्रिने भएकाले राउन्ड अफ ३२ को यो खेल सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय