+
+
Shares

राष्ट्रपतिलाई दबाब दिएर हटाउन खोजिँदैछ : प्रचण्ड

'कोही-कोहीले मलाई भन्दैछन् अब केही दिन मात्रै हो'

प्रचण्डले भने, ‘संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबरजस्ती दबाब भएको कुरा सुन्नमा आएको छ । कोही कोहिले त मलाई भन्छन् अब राष्ट्रपति टिक्दैनन् केहि दिन मात्रै हो पनि भन्छन् । छोड्नका लागि जबरजस्ती दबाब छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १८:५४

१२ असार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपतिमाथि दाबाब सिर्जना गरिरहेको दाबी गरेका छन् । उनले आफूले अब राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको बताए ।

विराटनगरमा नेकपाको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । रास्वपा सरकार संविधानविरुद्ध नै लागेकोले यही शृङ्खला अन्तर्गत राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको उनको धारणा छ ।

‘अहिले महाधिवेशन तथाकथित भनेका छन् उनीहरूले त्यहाँबाट संघीयताका विरुद्ध प्रदेश सभाका विरुद्ध समावेशी समानुपातिकता विरुद्ध खुलेआम प्रहार सुरु गरेका छन्,’ प्रचण्डले भने, ‘संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबरजस्ती दबाब भएको कुरा सुन्नमा आएको छ । कोही कोहिले त मलाई भन्छन् अब राष्ट्रपति टिक्दैनन् केहि दिन मात्रै हो पनि भन्छन् । छोड्नका लागि जबरजस्ती दबाब छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?