+
+
Shares

मलाई अपरिपक्व हुने छुट छैन, जिम्मेवार सभापति बन्नेछु : रवि लामिछाने

आफूलाई परिस्थितिले थप परिपक्व बन्न भनिरहेको पनि सम्बोधनको क्रममा भने ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते २०:४२

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् ।

चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने नहुने बताए ।

‘संस्थापक सभापति भएको हुनाले मेरा केही गहन जिम्मेवारी छन् । देशले आशा र भरोसा गरेका हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मिहेनत गर्नुपर्ने हुन्छ,’ सभापति लामिछानेले भने, ‘यसअघि मलाई अपरिपक्वताको आरोप लाग्थ्यो । तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन ।’

उनले आफूलाई परिस्थितिले थप परिपक्व बन्न भनिरहेको पनि सम्बोधनको क्रममा भने ।

‘बढी जिम्मेवार र बढी परिपक्व बन्न मलाई परिस्थितिले भनिरहेको छ । पार्टी सभापतिका रुपमा जिम्मेवार रुपमा अघि बढाउनेछु । उदार भएर पार्टीलाई अघि बढाउनेछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?