१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेलमा उसमान डेम्बेलेले ह्याट्रिक गरेका छन् । डेम्बेलेको ह्याट्रिककै बलमा फ्रान्स ३–१ ले अग्रता लिएको छ ।
डेम्बेलेले ३२ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यसअघि खेलको सातौं मिनेटमा डेम्बेलेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा डेम्बेले फेरि अर्को गोल थप्दै फ्रान्सलाई २–० ले दोब्बर अग्रता दिलाए ।
त्यसको १ मिनेटभित्रै २१ औं मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै नर्वेको पनि खाता खोलेका थिए ।
जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए ।
डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका थिए ।
प्रतिक्रिया 4