+

फिफा विश्वकप २०२६: नकआउट चरणको महाभिडन्त आजदेखि

२०८३ असार  १४ गते १४:१६ २०८३ असार १४ गते १४:१६

समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को नकआउट चरणका खेलहरू आज रातिदेखि सुरु हुँदै छन् ।
  • नयाँ संरचनाअनुसार थपिएको राउण्ड अफ ३२ को पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै छन् ।
  • नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे लस एन्जलस स्टेडियममा हुने खेलको विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

१४ असार, काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदैछ ।

समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए ।

नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउण्ड अफ ३२ चरणको खेलहरु सुरुमा हुनेछन् । राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन् । दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए ।

विश्वकपमा पहिलो पटक नआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन् भने समग्रमा यो दोस्रो भेट हुनेछ ।

सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडलाई २-० ले पराजित गरेको थियो ।

बफाना बफाना उपनामले चिनिने दक्षिण अफ्रिका समूह ए को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो भने क्यानडा समूह बी को उपविजेताको रुपमा समूह चरणबाट अघि बढेको हो ।

यसै विश्वकपबाट थपिएको नयाँ राउण्ड राउण्ड अफ ३२ मा दुई नयाँ टोली दक्षिण अफ्रिका र क्यानडा इतिहास रच्दै पहिलो पटक पुगेका छन् र अब प्रिक्वाटरफाइनल पुग्दै अर्को इतिहास रच्ने लक्ष्यमा छन् ।

यो खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ ।

यस खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड अफ ३२ को समीकरण

नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।

राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
दक्षिण अफ्रिका भर्सेस क्यानडा, विहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान, राति २२:४५ बजे 

असार १६ गते (जून ३०)
जर्मनी भर्सेस पाराग्वे, विहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को, विहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे, राती २२:४५ बजे

असार १७ गते (जुलाई १)
फ्रान्स भर्सेस स्वीडेन, विहान २:४५ बजे 
मेक्सिको भर्सेस  इक्वेडर, विहान ६:४५ बजे

इंग्ल्यान्ड भर्सेस डीआर कंगो, राती २१:४५ बजे 

असार १८ गते (जुलाई २)
बेल्जिया भसेस सेनेगेल, विहान १:४५ बजे 
अमेरिका भर्सेस बोस्निया एण्ड अर्जगोभिना, विहान ५:४५ बजे

असार १९ गते (जुलाई ३)
स्पेन भर्सेस अस्ट्रिया,  विहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया, विहान ४:४५ बजे 
स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया, विहान ८:४५ बजे 
अस्ट्रेलिया भर्सेस इजिप्ट, राती ११:४५ बजे 

असार २० गते (जुलाई ४)
अर्जेन्टिना भर्सेस केप भर्डे, विहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना, विहान ७:१५ बजे

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय