News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागेको छ ।
- दुई पटकको पूर्व विजेता उरुग्वेसहित १६ टोली विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् ।
- विश्वकपमा यस पटक टोली संख्या ४८ पुर्याइएकोमा १२ समूहबाट उत्कृष्ट टोलीहरू अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लाग्दा १६ टोली भने समूह चरणबाटै बाहिरिएका छन् ।
जसमा दुई पटकको पूर्व विजेता उरुग्वे पनि जितविहिन रहँदै समूह चरणबाटै बाहिरियो ।
यस पटक टिम संख्या बढाएर ४८ पुर्याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरण पुग्ने प्रावधान थियो । तर त्यति हादा पनि उरुग्वे अघि बढ्न सकेन ।
१२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो । जसमा १२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुने मध्ये उत्कृष्ट ८ मा नपरेका ४ गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको हो ।
तेस्रो भएर छनोट हुन असफल टोलीमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्यान्ड रहे ।
यस्तै हरेक समूहको अन्तिममा रहने टोलीहरुमा चेक रिपब्लिक, कतार, हाइटी, टर्किए, कुरासाओ, ट्युनिसिया, न्युजिल्यान्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्वेकिस्तान र पानामा छन् ।
प्रतिक्रिया 4