+
+
Shares

श्रवण दृष्टिविहीनका लागि व्यक्तिगत हेरचाहकर्ता व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रवण दृष्टिविहीन व्यक्तिका अभिभावकहरूले पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिका लागि सरकारी स्तरबाट व्यक्तिगत हेरचाहकर्ताको व्यवस्था गर्न माग गरेका छन्।

१४ असार, काठमाडौं । श्रवण दृष्टिविहीन व्यक्तिका अभिभावकहरूले पूर्ण असक्त, अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत हेरचाहकर्ता को व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको अवसरमा बहिरा दृष्टिविहीन अभिभावक समाज, नेपाल नेत्रहीन संघ, राष्ट्रिय बहिरा महासंघ, नेपाल अपाङ्ग महिला संघ तथा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन्।

खोटाङकी जलजला राई र समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले आफ्ना श्रवण दृष्टिविहीन छोराहरूलाई चौबीसै घण्टा हेरचाह गर्नुपर्ने बाध्यता रहेको अनुभव सुनाएका थिए । यस्ता परिवारका लागि सरकारी सहयोग आवश्यक भएको उनीहरूको भनाइ छ ।

कार्यक्रममा रानीपोखरी परिक्रमा र्‍यालीसमेत आयोजना गरिएको थियो । सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण, आवश्यक नीति निर्माण र प्रभावकारी कार्यान्वयनको माग गरेका थिए ।

राष्ट्रियसभा सदस्य पदम परियारले अपाङ्गता सम्बन्धी ऐन संशोधनमार्फत व्यक्तिगत सहयोगी सेवालाई कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सदस्य प्रेम वयकले श्रवण दृष्टिविहीन व्यक्तिको पहिचान र अधिकारका विषयमा समाज अझै पर्याप्त रूपमा जानकार नभएको बताए।

जनगणना २०७८ अनुसार नेपालमा श्रवण दृष्टिविहीन अवस्था भएका १० हजार १८७ जना रहेका छन्। तर बहिरा दृष्टिविहीन अभिभावक समाजको सम्पर्कमा हाल करिब २०० जना मात्रै रहेको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?