News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष मुनिका ३५ हजार २५७ बालबालिकालाई सदस्यता दिएको विषयमा सांसद जगत तिमिल्सिनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनुभएको छ।
- राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले रास्वपाको उक्त कदम नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको आरोप लगाउनुभएको छ।
- रास्वपाको प्रथम महाधिवेशनमा पेस भएको सांगठनिक प्रतिवेदनअनुसार पार्टीका कुल ५ लाख २३ हजार ४६५ सदस्यमध्ये ६.७ प्रतिशत १८ वर्ष मुनिका बालबालिका रहेका छन्।
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
बालबालिकालाई पार्टीको सदस्यता दिइएकोबारे प्रश्न उठाउँदै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान, कानुन एवं अन्तराष्ट्रिय कानुन विपरित गरेको उछृङ्खल व्यवहारको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग लगायत सम्बन्धित निकायको ध्यानाकषस्ण गर्दछु ।’
चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनअनुसार १८ वर्ष मुनिका ३५ हजार २५७ जना बालबालिकाले रास्वपाको सदस्यता लिएका छन् ।
रास्वपाको कूल सदस्य संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये ६.७ प्रतिशत सदस्य १८ वर्ष मुनिका बालबालिका छन् ।
प्रतिक्रिया 4