+
+
Shares

‘भ्वाइस अफ नेपाल’ फेम्ड रिहानले साइन गरे ‘ल्याङ ल्याङ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक बलिराम चौहानको आगामी फिल्म ‘ल्याङ ल्याङ’ को मुख्य भूमिकामा अभिनेता रिहान गिरी अनुबन्धित भएका छन् ।
  • ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका भुटानी अभिनेता तथा रकगायक गिरीले ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा शुरू गरेका थिए ।
  • स्काइफल पिक्चर्सले निर्माण गर्न लागेको यो फिल्म युवा पुस्ताको कथामा आधारित रहने निर्देशक चौहानले बताएका छन् ।

काठमाडौं । बलिराम चौहानले निर्देशन गर्ने आगामी फिल्म ‘ल्याङ ल्याङ’ को शीर्ष भूमिकामा रिहान गिरी अनुबन्धित भएका छन् । दही चिउरा खाने दिनको अवसरमा निर्माताले उनलाई अनुबन्धित गरिएको जनाएका हुन् ।

चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ प्लाटफर्मबाट रिहान चर्चामा आएका हुन् । यी भुटानी अभिनेता रकगायक समेत हुन् । ‘होस्टेल ३’ बाट उनले घरेलु फिल्ममा डेब्यू गरेका थिए ।

फिल्ममा उनको शीर्ष भूमिका हुने निर्देशक चौहानले बताए । कथामा उपयुक्त हुने देखेर उनलाई अनुबन्धित गरिएको जानकारी निर्देशक चौहानले दिए ।

गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’बाट चौहानले निर्देशकीय डेब्यू गरेका थिए । अन्य कलाकारबारे तय भैसकेको छैन ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने यो फिल्म युवाको कथावस्तुमा आधारित रहेको जनाइएको छ ‘ल्याङ ल्याङ’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्‍याएर दिने तनाव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?