News Summary
Generated by OK AI. Editorially reviewed.- सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईसँग भेटवार्ता गरेका छन्।
- मुख्यमन्त्री तामाङले प्रीति र सिक्किमकी व्यावसायिक फुटबलर प्रिया क्षेत्रीको फुटबलप्रतिको समर्पण प्रेरणादायी रहेको उल्लेख गर्दै शुभकामना दिएका छन्।
- हालै नेपाली महिला टोलीको सिक्किम भ्रमणका क्रममा भएको मैत्रीपूर्ण खेलपछि मुख्यमन्त्री तामाङले खेलाडीहरूसँग भेट गरेका हुन्।
१५ असार, काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईसँग भेट गरेका छन् ।
मुख्यमन्त्री तामाङले आफ्नो सरकारी निवासमा प्रीति र सिक्किमकी व्यावसायिक फुटबलर प्रिया क्षेत्रीसँग भेट गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले दुवै खेलाडीको फुटबलप्रतिको लगाव, समर्पण र उपलब्धि प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तामाङ नेपाली फुटबलका गतिविधिबारे चासो राख्ने नेताका रूपमा परिचित छन् । यसअघि पनि उनले नेपाली खेलाडी तथा टोलीलाई विभिन्न अवसरमा प्रोत्साहन गर्दै आएका छन् ।
हालै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सिक्किम भ्रमणका क्रममा त्यहाँ मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रीति राईले नेपाली महिला राष्ट्रिय टोलीको नियमित सदस्यका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
प्रतिक्रिया 4