+

आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

२०८३ असार  १५ गते ७:१९ २०८३ असार १५ गते ७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकपको समूह चरण सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
  • पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज भिड्ने छन् भने दोस्रो खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
  • अन्तिम खेलमा भारतलाई हराउँदै अस्ट्रेलिया समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

१५ असार, काठमाडौं । इंग्ल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति समूह चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

समूह ए बाट अस्ट्रेलिया ५ खेलमा ५ जितसहित समूहविजेता बन्यो । ४ जित निकालेको दक्षिण अफ्रिका उपविजेता बन्यो ।

यस्तै समूह बी बाट इंग्ल्यान्ड ५ खेलमा ५ जितसहित विजेता बनेर सेमिफाइनल पुग्दा वेस्ट इन्डिज ३ जितसहित उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै अपराजित यात्रा कायमै राख्यो । भारत भने उक्त हारका कारण बाहिरियो ।

भारत बाहिरिँदा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

अब पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्ने छन् ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट महिला टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय