News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इरान पछिल्ला सैन्य आक्रमणपछि तनाव कम गर्दै आ-आफ्नो सेनालाई होर्मुज स्ट्रेट क्षेत्रबाट पछि हटाउन सहमत भएका छन्।
- अमेरिकी अधिकारीले यस सहमतिपछि व्यावसायिक तथा मालबाहक जहाजहरूले सो सामुद्रिक मार्गबाट स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने जानकारी दिएका छन्।
- युद्ध पूर्ण रूपमा अन्त्य गर्न कतारमा दुई देशबीच प्राविधिक वार्ता जारी रहेको छ, यद्यपि इरानले हालसम्म यस विषयमा औपचारिक टिप्पणी गरेको छैन।
१५ असार, काठमाडौं । पछिल्ला केही दिनहरूमा भएका शृङ्खलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि अमेरिका र इरान तनाव कम गर्दै आ-आफ्नो सेनालाई पछि हट्न सहमत भएका छन्। मिडिया रिपोर्टहरूमा एक वरिष्ठ अमेरिकी अधिकारीको भनाइलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो।
रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट र त्यसको वरिपरिको सामुद्रिक क्षेत्रमा भएका पछिल्ला भिडन्तहरूपछि दुवै देशले एक-अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका थिए।
अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ सँग यस सहमतिको पुष्टि गर्दै अब व्यावसायिक तथा मालबाहक जहाजहरूले यस सामुद्रिक मार्गबाट ‘स्वतन्त्र रूपमा’ आवतजावत गर्न सक्ने बताएका छन्।
उनले दुई देशबीच जारी युद्धलाई पूर्ण रूपमा समाप्त गर्ने उद्देश्यका साथ कतारमा नयाँ चरणको प्राविधिक वार्ताहरू समेत जारी रहने जानकारी दिएका छन्। होर्मुज स्ट्रेटमा आक्रमणहरू रोक्ने र सेना पछाडि हटाउने विषयमा बाहिरिएका यी रिपोर्टहरूमाथि इरानले भने अहिलेसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन।
यसअघि गत जुन १७ का दिन अमेरिका र इरानले पाकिस्तानको मध्यस्थतामा १४ बुँदे एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । जसमा ‘सबै मोर्चाहरूमा सैन्य अभियानहरू तत्काल र स्थायी रूपमा समाप्त गर्ने’ प्रावधान समावेश थियो।
तर उक्त सम्झौतापछि पनि सिंगापुरको झण्डा रहेको ‘एभर लभ्ली’ लगायतका जहाजहरूमाथि भएका आक्रमण र त्यसको जवाफमा अमेरिकी सेन्ट्रल कमाण्डले इरानी सैन्य ठेगानाहरूमा गरेका प्रहारले युद्धविराम सङ्कटमा परेको थियो। हालको नयाँ सहमतिले तत्कालका लागि युद्धको जोखिम टारेको र विश्वव्यापी ऊर्जा बजारका लागि लाइफलाइन मानिने होर्मुज स्ट्रेटमा पुनः सहजता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4