+
+
Shares

अनसनरत वाङचुकलाई लिएर अभिजीत दीपकेले दिल्ली पुलिसमाथि लगाए यस्तो आरोप

ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले दिल्ली पुलिसले वाङचुकलाई आवश्यक न्यूनतम सुविधाहरू समेत उपलब्ध नगराएको आरोप लगाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षाको नीट-यूजी प्रश्नपत्र बाहिरिएको विरोधमा शिक्षाविद् सोनम वाङचुक दिल्लीको जन्तर-मन्तरमा आमरण अनशनमा बसेका छन्।
  • ककरोच जनता पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म अनशन जारी रहने चेतावनी दिएको छ।
  • अभिजीत दीपकेले दिल्ली पुलिसले वाङचुकलाई आवश्यक न्यूनतम आधारभूत सुविधा र शौचालयसमेत उपलब्ध नगराएको आरोप लगाएका छन्।

१५ असार, काठमाडौं । चिकित्सा शिक्षातर्फको स्नातक तहको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रख्यात शिक्षाविद् तथा वातावरण कार्यकर्ता सोनम वाङ्गचुक दिल्लीको जन्तर-मन्तरमा आमरण अनशनमा बसेका छन्।

‘ककरोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुलिसले वाङचुकलाई आवश्यक न्यूनतम सुविधाहरू समेत उपलब्ध नगराएको आरोप लगाएका छन्।

आइतबार ढिलो गरी सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै दीपकेले भनेका छन्, ‘हामी पुलिससँग अनुरोध गरिरहेका छौँ कि सोनम वाङचुकजी अनसनमा बस्नुभएको छ, तर यहाँ भएका दुईवटा सार्वजनिक शौचालयहरू निकै फोहोर छन्। यी मानिसहरूले सफाइ त गराएका छैनन् नै, उल्टै पानी पनि रोकेर राखेका छन्।’

उनले अगाडि प्रश्न गरेका छन्, “सोनम वाङचुकजीका लागि एउटा पोर्टेबल शौचालय त उपलब्ध गराउन सकिन्छ नि? तर यसमा पनि पुलिसले अनुमति नभएको बताइरहेको छ। मोबाइल ट्वाइलेटका लागि अनुमति किन दिइँदैन? यो केका लागि बनाइएको हो?”

यसअघि पनि दीपकेले एक्स मार्फत दिल्ली पुलिसले प्रदर्शनकारीहरूलाई कुनै पनि प्रकारको सहयोग नगरेको आरोप लगाएका थिए।

ककरोच जनता पार्टीले देशको प्रतिष्ठित नीट-यूजी परीक्षामा भएको धाँधली र प्रश्नपत्र लीक हुनुमा शिक्षामन्त्री जिम्मेवार रहेको भन्दै उनको राजीनामा नआएसम्म यो भोक हडताल र अनशन निरन्तर जारी रहने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?