+
+
Shares

कालीगण्डकी करिडोरको गुल्मी खण्डमा राति सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्ला प्रशासन कार्यालयले कालीगण्डकी करिडोरको हर्मीचौरदेखि धुमसम्मको खण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ ।
  • जिल्ला सुरक्षा समितिको बैठकले वर्षायाम अवधिभरका लागि उक्त सडक खण्डमा रातको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
  • प्रशासनले तोकिएको समयबाहेक सवारी चलाउँदा समेत उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

१५ असार, काठमाडौं । कालीगण्डकी करिडोरको गुल्मी जिल्लाका केही खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मीचौर (मिर्मी जाने चोक) देखि गुल्मी र बागलुङको सीमा क्षेत्र धुमसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समिति गुल्मीको आज बसेको बैठकले यस्तो निर्णय गरेको कार्यालयले जनाएको छ । आजबाट वर्षा अवधिभरका लागि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सो समयबाहेक यात्रा गर्दा समेत उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?