+
+
Shares

ट्रम्पको दोहा वार्ता दाबी इरानद्वारा खारेज

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ९:४४

१६ असार, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरानसँग वार्ता हुने गरेको दाबी खारेज गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि गरेको दाबी खारेज गरेका हुन् ।

बीबीसीका अनुसार प्रवक्ता इस्माइलले इरान अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नगर्ने बताएका छन् ।

अमेरिकी प्रतिनिधिहरूको कतार यात्रासँग इरानी प्रतिनिधि मण्डलको यात्राको कुनै सम्बन्ध नरहेको पनि प्रवक्ता इस्माइलले जिकिर गरेका छन् ।

इरानका उपविदेशमन्त्री र प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गरिबाबादीले पनि यो साता वार्ताको केही योजना नरहेको बताएका छन् ।

यसअघि ट्रम्पले इरानको अनुरोधमा आज (मंगलवार) अमेरिका र इरानी प्रतिनिधिहरू बीच दोहामा छलफल हुने दाबी गरेका थिए ।

व्हाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेविटले छलफलमा ट्रम्पका प्रतिनिधि स्टीभ विटकफ र जेरेड कुशनर सहभागी हुने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?