+
+
Shares

एसी, कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने ? ७ घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घाम अस्ताएपछि छतमा चिसो पानी छर्कनाले तथा बाल्कोनीमा भिजेको पर्दा प्रयोग गर्नाले घरको तापक्रम कम गर्न निकै सहयोग पुग्छ।

चर्को गर्मीको तपाईंको कोठामा पसिनसक्नु गर्मी हुन सक्छ । यदि एयर कन्डिसनर (एसी) छ भने यो चलाएपछि केहीबेरमा कोठालाई शीतल बनाउन सकिन्छ । तर एसी राख्न सक्ने हैसियत सबैको हुँदैन । एसीको आगमन हुनुभन्दा पहिले पनि मानिसहरूले गर्मीबाट बच्नलाई विभिन्न उपायहरू अपनाउने गर्थे । एसी नहुँदा कोठालाई शीतल बनाउन अधिकांशले प्रयोग गर्ने भनेको फ्यान हो । अहिले कुलरको प्रयोग गर्ने चलन पनि त्यत्तिकै बढेको छ ।

यस बाहेक पनि केही घरेलु तरिकाहरू छन् जसले एसी तथा कुलर बिना नै कोठालाई चिसो राख्न मद्दत गर्छ ।

१.कोठामा भिजेको तौलिया झुण्ड्याउने

यो तरिकामा तौलिया चाहिन्छ । यसलाई चिसो पानीमा डुबाउनुहोस् । यदि सम्भव छ भने फ्रिजरमा राखेको चिसो पानीमा डुबाउनु राम्रो हुन्छ । त्यसपछि तौलियालाई निचोरेर  झ्यालमा झुण्ड्याउनुहोस् । यसले बाहिरको तातो हावालाई चिसो पार्नेछ र कोठालाई चिसो राख्नेछ । यो विधि विशेष गरी रातिमा धेरै उपयोगी हुन्छ । भिजेको तौलिया रातिमा चाँडै सुक्दैन र कोठालाई लामो समयसम्म चिसो राख्छ ।

२.कोठामा घाम पर्न नदिने

कोठालाई चिसो राखिराख्नका लागि गर्मीको समयमा कोठामा घाम पर्न दिनुहुँदैन । त्यसका लागि झ्यालमा गाढा रङका पर्दा राख्नुपर्छ । यसले भित्र घाम छिर्न दिँदैन । अझ झ्यालको बाहिरपट्टी कुनै बाक्लो कपडा राख्ने हो भने घामको तातो भित्र जानबाट राम्रोसँग रोकिक्छ । त्यसमा पनि झ्यालबाहिर झुण्ड्याउने यस्तो कपडालाई चिसो पानीले भिजाएमा त्यससले बाहिरको तातोलाई सोस्छ ।

३.कोठामा हावा पास हुन दिने

भित्र घाम छिर्न नदिन उपाय अपनाएपनि दिनभर झ्याल लगाएर राख्नु भने हुँदैन । भित्र हावा गुम्सिएर हपक्क हुन सक्छ । अझ दुई साइडमा झ्याल छ भने दुवैतर्फ खोलेर हाला पास हुँन दिँदा कोठालाई ताजा राख्न सकिन्छ ।

४.छतमा सेतो रङ लगाउने

कोठामा धेरै गर्मी हुनुको कारण छत तात्नु पनि हो । यदि कोठा छत भन्दा ठिक तल छ भने त झन  तातो धेरै हुन्छ । छातले सबैभन्दा धेरै सूर्यको प्रकाश सोस्छ । छतलाई चिसो राख्दा गर्मी कम हुन्छ र भित्र चिसो महसुस हुन्छ । यसका लागि छतमा सेतो रङ लगाउनु राम्रो हुन्छ । सेतो रङले सूर्यको प्रकाश सोस्छ ।

५.भेन्टिलेसनमा ध्यान दिने

कोठाभित्र भएको तातो हावा बाहिर निकाल्नका लागि कोठामा राम्रो भेन्टिलेसनको आवश्यकता पर्छ ।  प्रत्येक कोठामा भेन्टिलेसनको प्रबन्ध गर्दा यसले कोठालाई चिसो राख्न मद्दत गर्छ ।

६.बाल्कोनीमा पर्दा राख्ने

बालकोनीमा पर्दा झुण्ड्याएर त्यसमा चिसो पानी छर्किएमा पनि कोठामा बाहिरको तातो हावा पस्नबाट रोक्न सकिन्छ । यो घरलाई चिसो राख्नको लागि परम्परागत र वातावरणमैत्री विधि हो ।

७.छतमा चिसो पानी हाल्ने

दिनभरको घामले घरको छत निकै तातेको हुन्छ । यस्तो अवस्थामा घर तथा कोठामा धेरै तातो प्रवेश गरेर निकै गर्मी मसुसुस गराउँछ । घाम अस्ताउनेबित्तिकै छतलाई चिसोपानीले भिजाएमा केही घण्टापछि कोठो बिस्तारै चिसो हुँदै आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?